जीवनमा कहिल्यै साथ नछोडने बाचा गरेका थियौ,
मुटुमा कहिल्यै निको नहुने चोट दिएर गयौ।
फुल्दै गरेका आशा र भरोशा बिर्सेर किन गयौ?
कहिल्यै नछोडने विश्वासको बन्धन तिम्ले तोडेर गयौ।
के गलती मैले गरेँ जीवनमा तिम्ले छोडेर गयौ?
तैरिरहेको जीवनको नाउ तिम्ले डुबाइ गयौ।
फुल्दै गरेका मायाँका फूल तिम्ले च्यातेर गयौ,
हाँसिरहेका आँखाहरुमा आँशु दिएर गयौ।