तिम्रो त्यो दीलको गहिराइमा,
मलाई सधै बास बसाउ।
तिम्रा ती कोमल आँखाहरुको
ईशारा बुझ्न मलाई सिकाउ।
मनमा उठेका मेरा भावहरु
तिम्रो आँखालाई देख्ने बनाउ।
तिम्रा चेहराका भाव सबै
मेरो आँखालाई पढ्न सिकाउ।
टल्कीरहेका आँशुका थोपा
आफ्नै आँखामा सुकाउन सिकाउ।
रोइरहेको मुटुको भाव
चेहरामा कहिल्यै आउनै नदेउ।
हृदयका भित्री कुना कुनामा
भरोशा तिम्रो आफ्नै जगाउ।
स्वार्थले बनेको चक्रब्यूहमा
अपेक्षा राखेर कहिल्यै नजाउ।