आज मध्यरातमा तिमी फेरि आयौ,
कर्के नजरको तिमीले बाण चलायौ
थियो हल्का मुस्कान तिम्रो अधरमा,
समर्पणको दृष्टी त्यो तिम्रो नजरमा।
कदम हल्का हल्का तिमीले बढायौ,
मेरो छेउमा आइ नजर केही झुकायौ
तिम्रो त्यो न्यानो कोमल स्पर्शले आज,
मलाई तिमीले फेरि धन्य बनायौ।
थियो न्यानो तिम्रो अङ्गालोमा उस्तै,
समर्पण र लज्जा पहिलो मिलनको जस्तै
मैले नियालेँ तिमीलाई उस्तै,
तिम्रा नजर फेरि झुके पहिले जस्तै।
बिपनीमा ओझेल परेकी तिमीले,
सपनीमा आइ मलाई आफ्नो बनायौ
जीवनभरी तिमीले नछोडेर साथ,
मसंगको नाता फेरि अमर बनायौ।